Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नवप्रवेशी गुजरातले जित्यो डेब्यु वर्षमै आइपीएलको उपाधि

एजेन्सी । नवप्रवेशी टोली गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको उपाधि हात पारेको छ ।

आइतबार राति अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा भएको फाइनल खेलमा राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै गुजरातले उपाधि जितेको हो ।

राजस्थानले दिएको १ सय ३१ रनको लक्ष्य गुजरातले १८ ओभर १ बलमा ३ विकेट गुमाएर भेट्टायो । यससँगै गुजरात आइपीएलको उपाधि जित्ने सातौं टिम बनेको छ ।

आइपीएलको १५ औं सिजन समाप्त हुँदासम्म मुम्बई इन्डियन्सले सर्वाधिक पाँच पटक, चेन्नई सुपर किंग्सले चार पटक, कोलकाता नाइट राइडर्सले दुई पटक उपाधि जितेका छन् ।

यस्तै, गुजरातसँगै, राजस्थान, सनराइजर्स हैदराबाद र डेकेन चाजर्सले समान एक पटक आइपीएलको उपाधि जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077