Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

युक्रेन-रुस युद्ध : जेलेन्सीसँग प्रत्यक्ष र गम्भीर वार्ता गर्न रुसी राष्ट्रपति पुटिनलाई आग्रह

एजेन्सी । फ्रान्स र जर्मनीका नेताहरुले रुसका राष्ट्रपति भ्लादिमीर पुटिनलाई यूक्रेनका राष्ट्रपतिसँग प्रत्यक्ष र गम्भीर वार्ता गर्न आग्रह गरेका छन् । इम्यानुअल म्याक्रोन र आलोफ स्कोजले पुटिनसँग ८० मिनेट फोनमा कुरा गरेका थिए।

यी दुईले ‘यूक्रेनमा तत्काल युद्धविराम र युक्रेनबाट रुसी सेना फिर्ता गर्न जोड’ दिएको चान्सलरको कार्यालयले जनाएको छ।जवाफमा रसियाका नेताहरुले मस्काउ वार्ताको लागि खुला रहेको बताएका छन्।

जर्मन चान्सलरको कार्यालयले सार्वजनिक गरेको जानकारी अनुसार पुटिन र जेलेन्स्कीबीच प्रत्यक्ष वार्ताको संभावना नरहेको उल्लेख गरेको छ।

यूक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुससँगको वार्ताको लागि उत्साहित नभएको भएपनि द्वन्द्व अन्त्य गर्न आवश्यक रहेको उल्लेख गरेका छन्। गएको फ्रेब्रुअरी २४ देखि रुसले यूक्रेनमाथि आक्रमण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077