Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री देउवाले भने - छिटपुट घटनालाई लिएर समग्र निर्वाचनप्रति संशय व्यक्त गर्नु उपयुक्त हुँदैन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनका क्रममा भएका छिटपुट घटनालाई लिएर समग्र प्रक्रियामा प्रश्न उठाउनु उपयुक्त नभएको बताएका छन् ।

सरकारको नीति र कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको शनिबार जवाफ दिने क्रममा प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।

उनले प्रतिनिधि सभाको जारी बैठकमा उनले निर्वाचन शान्तिपूर्ण भएको बताए । एमालेका सांसद्हरुले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण र निष्पक्ष हुन नसकेको आरोप लगाएका थिए। त्यसलाई प्रधानमन्त्री देउवाले जवाफ फर्काएका हुन् ।

छिटपुट घटनालाई निर्वाचनको समग्र प्रक्रिया र परिणाममा संशय व्यक्त गर्नु लिएर उपयुक्त हुदैन, उनले भने । देशभर एकैपटक एकैसाथ निर्वाचन सम्पन्न गर्नु चुनौतीपूर्ण कुरा भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077