Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

पोखराका मेयर धनराज आचार्यलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौँ। निर्वाचन आयोगले पोखरा महानगरपालिकाका नवनिर्वाचित प्रमुख धनराज आचार्यलाई स्पष्टीकरण सोधेको छ ।

निर्वाचन आयोग र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको बदनियतका कारण चिह्न व्यवस्थापन गर्दा मत बदर भएको भनी सार्वजनिक अभिव्यक्ति दिएपछि आयोगले आचार्यलाई स्पष्टीकरण सोधेको हो ।

आचार्यले केही दिनअघि निर्वाचन आयोगको बदनियतका कारण स्थानीय तह निर्वाचनमा ठूलो संख्यामा मत बदर भएको र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया संवैधानिक निकायको मर्यादामा नबसेकै कारण ५० प्रतिशत भन्दा बढी मत बदर हुन गएको भनी अभिव्यक्ति दिएका थिए ।

आम नागरिक र जनसमुदायमा भ्रम छर्ने गरी सार्वजनिक वक्तव्य दिई आयोगको निष्पक्षता र विश्वसनीयता माथि नै प्रश्न उठाएको भन्दै आयोगले २४ घण्टाभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077