Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • देशको अर्थतन्त्र संकटमा फस्न थालेको छ :गगन थापा

    देशको अर्थतन्त्र संकटमा फस्न थालेको छ :गगन थापा

    अनलाइन नेपाल
  • शनिबार, १४ जेष्ठ २०७९
  • 936
    SHARES

    काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अर्थतन्त्र संकटमा रहेको भन्दै अब आयात घटाउनै पर्ने बताएका छन् ।

    प्रतिनिधिसमामा नीति तथा कार्यक्रमबारे बोल्दै महामन्त्री थापाले भने, ‘हाम्रो अर्थतन्त्रको अवस्था संकटमा फस्न थालेको छ, जोखिममा पर्न थालिसक्यो । यसमा सरकारको ध्यान यसमा जानु पर्नेछ ।’



    यो संकटबाट विगतमा जस्तै गरी पार लगाउन नसकिने उनको भनाइ छ । नेपाललाई व्यापारघाटा चिन्ताको विषय भएको भन्दै अब ठूलो हिस्सा ओगट्ने पेट्रोलियम पदार्थको आयात प्रतिस्थापनमा जानु पर्ने बताए ।



    खाद्यान्नमा समेत यस्तै अवस्था रहेको भन्दै उनले उत्पादकत्व बढाउन सरकारले ठीक नीति ल्याउनु पर्ने बताए । आयात प्रतिस्थापन गर्न सरकारले ल्याएको नीति सही भएको भन्दै उनले यसलाई बजेटले सम्बोधन गर्नुपर्ने उनले बताए ।

    आगामी वर्ष प्रेस, हेलिकोप्टर जस्ता वस्तु नचाहिने भन्दै सरकार आफैले अनावश्यक वस्तु खरिदलाई निरुत्साहित गर्नुपर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार