Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रतिनिधिसभाबाट आज सरकारको नीति तथा कार्यक्रम पारित हुँदै

काठमाडौँ।आज शनिबार प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित हुँदैछ। जेठ १५ गते बजेट ल्याउनैपर्ने संवैधानिक बाध्यताका कारण शनिबार नीति तथा कार्यक्रम पारित गर्नै पर्ने भएको हो। शुक्रबार नै पारित गर्ने तयारी रहे पनि सांसदले नीति तथा कार्यक्रममा बोल्ने क्रम नसकिएका कारण बैठक शनिबार पनि बोलाइएको छ।

प्रतिनिधिसभा बैठक बिहान ११ बजेका लागि बोलाएको संसद् सचिवालयले जनाएको छ।  प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षण पनि पेश गरिँदैछ। बजेट प्रस्तुत गर्नुभन्दा अघि नै आर्थिक सर्वेक्षण पेश गर्नुपर्ने व्यवस्था छ।

अर्थमन्त्री जनार्दन शर्माले उक्त आर्थिक सर्वेक्षण पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। आइतबार संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेट पेश गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077