Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • कान्तिपुर लगायतका संस्थालाई काउन्सिलको प्रश्न : सेतो बाघ कहाँ देखिएको हो ?

    कान्तिपुर लगायतका संस्थालाई काउन्सिलको प्रश्न : सेतो बाघ कहाँ देखिएको हो ?

    अनलाइन नेपाल
  • शुक्रबार, १३ जेष्ठ २०७९
  • 2.3K
    SHARES

    काठमाडौं । प्रेस काउन्सिल नेपालले कान्तिपुर लगायतका संस्थालाई एक हप्ते स्पष्टीकरण सोधेको छ । कान्तिपुर दैनिक सहतिका पत्रिकाले ‘नेपालमा देखियो सेतो बाघ’ शीर्षकमा समाचार प्रकाशित सामग्रीले पाठकहरुमा भ्रम वा संशय उत्पन्न भएको भन्दै काउन्सिल स्पष्टीकरण माग गरेको हो ।

    समाचार सामग्रीमा उल्लेख भए बमोजिम सेतो बाघ कहाँ देखिएको हो भन्दै काउन्सिलले प्रश्न समेत गरेको छ । काउन्सिलद्धारा जारी विज्ञप्तिमा भनिएको छ- ‘विज्ञापनलाई समाचारको शैलीमा सम्प्रेषण गरेको र पाठकलाई दीग्भ्रमीत पार्ने गरी सामग्रीको शीर्षक राखिएको उक्त सामग्री जनस्वाथ्य सेवा ऐन, २०७४ को दफा ४५ को उपदफा २ को समेत विपरित भएको स्वअनुगमनबाट देखिएकोले सोबाट पत्रकार आचारसंहिता २०७३ (पहिलो संशोधन २०७६) को दफा ४ (७) आकर्षित भएकोतर्फ प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण भएको छ ।’



    यस्तै समाचार सामग्रीमा उल्लेख भए बमोजिम सेतो बाघ कहाँ देखिएको हो ? यस प्रकारले पाठकलाई दीग्भ्रमीत पार्ने गरी विज्ञापनलाई समाचारको रुपमा सम्प्रेषण गरी मदिराजस्तो कानुनले विज्ञापन गर्न निषेध गरिएको विषय के कसरी सम्प्रेषण हुन गएको हो ? लगायतका प्रश्न काउन्सिलले सोधेको छ ।



    त्यस प्रकारको सामग्री सम्प्रेषण भएबाट पत्रकार आचासंहिता बमोजिम कारबाही किन नगर्ने ? पत्रमा उल्लेख छ । काउन्सिलले पत्र प्राप्त भएको ७ दिन भित्र स्पष्टीकरण पेस गर्न भनेको छ । यस्तै उद्योग मन्त्रायलयसँग पनि स्पष्टीकरण माग गरिएको काउन्सिलले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार