Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पूर्व डीआईजी रञ्जन कोइराला बानेश्वरबाट पक्राउ

काठमाडौं । सशस्त्र प्रहरीका पूर्व नायव महानिरीक्षक (डीआईजी) रञ्जन कोइराला पक्राउ पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी वसन्त कुँवरका अनुसार केहीबेर अघि कोइराला बानेश्वरस्थित एक घरमा लुकिरहेको अवस्थामा पक्राउ परेका हुन् ।

श्रीमती हत्याको अभियोगमा जन्मकैदको सजय काटिरहेका कोइराला सर्वोच्च अदालतले कैद कटाएपछि ८ साउन २०७७ मा छुटेका थिए ।

तर सर्वोच्चको बृहत पूर्ण इजलासले फैसला उल्टाउँदै बिहीबार मात्र जन्मकैदकै सजाय हुने फैसला सुनाएको थियो । अदालतको आदेश आएको भोलिपल्ट कोइराला पक्राउ परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077