Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संसद्‌ बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौँ । नेकपा एमालेले संसद्‌ बैठक अवरुद्ध गरेको छ । संसद्‌ बैठक अवरुद्ध भएपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।

शुक्रबार बसेको संसद्‌ बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि छलफलका क्रममा दिएको अभिव्यक्तिलाई स्तरहीन भनेपछि एमालेले बैठक अवरुद्ध गरेको हो ।

ओलीको अभिव्यक्तिलाई स्तरहीन भनेपछि एमाले सांसद अधिकारीले नियमापत्ति गरेका थिए । त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले रेकर्ड हेरेर निर्णय लिने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077