Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वागमतीको नीति तथा कार्यक्रम सोमबार ल्याउने तयारी

काठमाडौं । वागमती प्रदेशको नीति तथा कार्यक्रम सोमबार आउने भएको छ ।

प्रदेशसभा सचिवालयमा बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा नीति तथा कार्यक्रम जेठ १६ गते सोमबार ल्याउनेमा सहमति भएको हो ।

जेठ १६ गते दिउँसो २ बजे बस्ने बैठकमा प्रदेश प्रमुख यादबचन्द्र शर्माले प्रदेश सरकारको आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तय भएको छ ।

सोही दिन बस्ने दोस्रो बैठकमा मुख्यमन्त्री राजेन्द्र पाण्डेले नीति तथा कार्यक्रमको प्रति टेबुल गर्ने र जेठ १७ गते छलफल हुने कार्यसूची तय भएको छ ।

जेठ १८ गते छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिएपछि नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077