Online Nepal
  • बिहिबार, २५ पुष २०८१
  • युक्रेनी सेनालाई घेरा हाल्ने रुसको प्रयास, अवस्था निकै तनावपूर्ण

    युक्रेनी सेनालाई घेरा हाल्ने रुसको प्रयास, अवस्था निकै तनावपूर्ण

    अनलाइन नेपाल
  • बिहिबार, १२ जेष्ठ २०७९
  • 1.2K
    SHARES

    एजेन्सी । रुसले युक्रेनीलाई घेरा हालेर युद्ध गरिरहेको छ । रुसले युक्रेनको पूर्वीडोनबास क्षेत्रका ४० भन्दाबढी शहरमा गोली प्रहार गरी झण्डै एक दर्जन अग्ला भवन ध्वस्त पारेको छ ।

    तीन महिना लामो युद्धमा राजधानी किएभ र दोस्रो शहर खार्किभ कब्जा गर्न असफल भएपछि रुसले पृथकतावादीको तर्फबाट डोनबासको पूर्ण नियन्त्रण खोस्ने प्रयास गरिरहेको छ । डोनबासका औद्योगिक क्षेत्र लुहान्स्क र डोनेट्स्क प्रान्त यसमा पर्छन् ।



    रुसले सिभिएरोडोनेत्स्क र लिसिचान्स्क शहरमा रहेका युक्रेनी सेनालाई घेरा हाल्ने प्रयासमा तीन तर्फबाट आक्रमण गर्दै हजारौँ सेना परिचालन गरेको छ । क्रेमलिनको युद्धको मुख्य उद्देश्य नै सम्पूर्ण लुहान्स्क प्रान्तलाई रुसी नियन्त्रणमा लिनु हो ।



    अब सबै कुरा डोनबासमा केन्द्रित छ, युक्रेनी आन्तरिक मन्त्रालयका सल्लाहकार भाडिम डेनिसेन्कोले भने । पच्चीस रुसी बटालियन रणनीतिक समूहले युक्रेनी सेनालाई घेरा हाल्ने प्रयास गर्दा अवस्था निकै तनावपूर्ण भएको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार