Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आफ्नै फैसला उल्ट्यायो सर्वोच्चले, रञ्जन कोइराला अब २० वर्ष जेल बस्नुपर्ने

काठमाडौं । श्रीमतीको हत्या गरेर जेल परेका सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइरारलाको सजाय घटाउने अप्mनै फैसला सर्वोच्चले अदालतले उल्टाएको छ । सर्वोच्चको आजको फैसलाले अब कोइराला २० वर्ष नै जेल बस्नुपर्ने भएको छ ।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणाले गरेको फैसलालाई सर्वोच्चको पूर्ण इजलासले आज उल्ट्याएको हो । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की तथा न्यायाधीशहरु टंक मोक्तान र कुमार चुडालको इजलासले सो निर्णय गरेको हो ।

यसअघि गत असार १५ गते निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले कोइरालालाई सजायमा सहुलियत दिने फैसला सुनाएको थियो। फैसलामा चित्तमा लागेको भन्ने शब्द राख्दै राणाले तजबिजी अधिकार प्रयोग गरेका थिए । निलम्बित प्रधानन्यायाधीश राणाले कैद सजाय घटाएर ८ वर्ष कायम गरिदिएका थिए ।

तु, महान्यायधिवक्ता कार्यालयले ११ साउन २०७७ मा श्रीमती गीता ढकालको हत्यामा दोषी ठहरिएको कोइरालालाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले कैद सजाय घटाउन गरेका फैसलाविरुद्ध पुनरवलोकन रिट दायर गरेको थियो।

२०६८ सालमा श्रीमतीको हत्या गरी शवसमेत नष्ट गरेका तत्कालीन डीआईजी कोइरालालाई २०७१ वैशाख ७ गते काठमाडौं जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो। जिल्ला अदालतले हत्याबाट नै श्रीमती गीता ढकालको मृत्यु भएको ठहर गरेको थियो। पुनरावेदन अदालत पाटनले पनि त्यसैलाई सदर गरेको थियो।

जेल सजाय भोगिरहेका कोइरालालाई सर्वोच्च अदालतले गत असार दोस्रो साता फैसला गर्दै २० वर्षको कैदलाई साढे ८ वर्ष हुने भनी सजाय घटाएको थियो। सर्वोच्चको फैसलापछि कोइराला जेलबाट रिहा भएका थिए। अब फेरि उनी जेल बस्नुपर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077