Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • नीति तथा कार्यक्रममाथि आजदेखि सदनमा छलफल हुँदै

    नीति तथा कार्यक्रममाथि आजदेखि सदनमा छलफल हुँदै

    अनलाइन नेपाल
  • बिहिबार, १२ जेष्ठ २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । सरकारले मंगलबार सार्वजनिक गरेको वार्षिक नीति तथा कार्यक्रममाथि बिहीबारदेखि छलफल हुने भएको छ ।

    आज बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल सुरु हुनेछ ।



    संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी आर्थिक वर्ष २०७९/०८०को नीति तथा कार्यक्रम संसदमा छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।



    सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले संशोधन प्रस्तुत् गर्ने र उक्त संशोधनमाथि छलफल सुरु हुने सचिवालयले जनाएको छ ।

    आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको संयुक्त सदनमा पेश गरेकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार