Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पुनः मतगणनाका लागि अन्तरिम आदेश दिन अस्वीकार

सर्लाही । सर्लाहीको हरिवन नगरपालिका–७ मा पुनः मतगणना गर्नु नपर्ने भएको छ। उच्च अदालत जनकपुरले निवेदकको मागअनुसार अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेपछि पुनः मतगणना गर्नु नपर्ने भएको हो।

स्थानीय तह निर्वाचन २०७९ वैशाख ३० अन्तर्गत हरिवन नगरपालिका ७, मा नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्षका उम्मेदवार अशोक थापाको पक्षमा ३७८ र विपक्षी नेकपा ९एमाले०का उम्मेदवार निरध्वज कार्कीको पक्षमा ३७९ मत आएको थियो।

आफ्ना उम्मेदवारलाई पहिला विजयी भएको घोषणा निर्वाचन अधिकृतको कार्यालयले गरेपछि र्‍याली लिएर निर्वाचन अधिकृतको कार्यालय पुगेका उनीहरू एमालेका उम्मेदवार विजयी भएको थाहा पाएपछि आक्रोशित भएका थिए ।

आक्रोशित भएका कांग्रेसका नेता तथा कार्यकर्ताले केही समय पूर्वपश्चिम लोकमार्गअन्तर्गत हरिवन नगरपालिका–११ स्थित कडरिया चोकमा टायर बालेर विरोधसमेत गरेका थिए।

उनीहरूले निर्वाचन आयोगले घोषणा गरेको कार्य त्रुटिपूर्ण रहेको हुँदा एमालेका कार्कीलाई वडाध्यक्षका रुपमा निर्वाचित गर्ने कार्य बदर गरी पुनः मतगणनाको माग गर्दै उच्च अदालत जनकपुरमा निवेदन दिएका थिए।

उच्च अदालत जनकपुरले निर्वाचन आयोगद्वारा एक मतको मतान्तरले कार्की वडाध्यक्षमा निर्वाचित भइसकेको घोषणा भएको र निर्वाचित वडाध्यक्षलाई पदअनुसार काम गर्न रोक्दा त्यसबाट आम नागरिक र सरोकारवालाले वडाध्यक्षबाट लिनुपर्ने सेवाबाट वञ्चित हुनुपर्ने अवस्था सिर्जना हुन जाने भएकाले अन्तरिम आदेश दिन नमिल्ने उल्लेख गरेको पछि पुनः मतगणना नहुने भएको हो।

आफ्ना उम्मेदवार एक मतले मात्रै पराजित भएपछि मतपरिणाम घोषणा हुनासाथ नेपाली कांग्रेसले हरिवनस्थित मतणनास्थल इलाका प्रशासन कार्यालय अगाडि नाराबाजीसहित पूर्व–पश्चिम लोकमार्गमा टायर बालेर चक्काजामसमेत गरेको थियो। गर्नुका साथै मतगणना कार्यमा केही समय अवरोधसमेत गरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077