Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

निर्वाचन आयोगको गम्भिर लापरबाही, पदभार ग्रहण गरिसकेकी जीतपुरसिमरा उपमहानगरकी उपमेयर पराजित सूचीमा

काठमाडौ । निर्वाचन आयोगले उम्मेदवार बनेर विजयी भएको प्रमाण पत्र पाएसँगै पदभारग्रहण गरिसकेकी एक उपमेयरलाई पराजित सूचीमा राखेको छ ।

आयोगले मधेश प्रदेशको जीतपुरसिमरा उपमहानगरको उपमेयरमा उम्मेदवार बनेर विजयी भएकी मेघा शाही पराजित भएको उल्लेख गरेको पाइएको हो ।

निर्वाचन आयोगको आधिकारिक वेभसाईटमा जीतपुरसिमरा उपमहानगरपालिकाको उपमेयरमा नेकपा एमालेको तर्फबाट उम्मेदवार भएका ५८ वर्षे भोलाप्रसाद अधिकारी विजयी भएको जनाइएको छ ।

आयोगको आधिकारिक वेभसाईटमा एमालेको तर्फबाट सूर्य चुनाव चिन्ह लिएर उम्मेदवार भएका अधिकारीले १७ हजार ४९२ मत पाएर विजयी भएको जनाईएको छ ।

आयोगको आधिकारिक वेभसाईटमा एमालेको तर्फबाट सूर्य चुनाव चिन्ह लिएर उम्मेदवार भएका अधिकारीले १७ हजार ४९२ मत पाएर विजयी भएको जनाईएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077