एजेन्सी । बलिउडका प्रख्यात निर्देशक राम गोपाल बर्माविरुद्ध प्रहरीमा उजुरी परेको छ ।
एक प्रोडक्सन हाउसका मालिकबाट ५६ लाख रुपैंयाँ ऋण लिएका बर्माले उक्त पैसा नतिरेपछि हाउसका मालिक प्रहरीको शरणमा पुगेका हुन् ।
प्रहरीका अनुसार उजुरीपछि बर्माविरुद्ध मियापुर पुलिस स्टेसनमा सम्बन्धि आईपीसीको धाराअनुसार उजुरी दर्ता गरिएको छ ।
उजुरीकर्ताले बर्माले सन् २०२० मा एक तेलुगू फिल्म ‘दिशा’को निर्माणका लागि आफूबाट ऋण लिएको निवेदनमा उल्लेख गरेका छन् । उनका अनुसार सन् २०१९ मा एक साथीका माध्यमबाट उनले राम गोपाल बर्मालाई भेटेका थिए ।
Leave a Reply