Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नीति तथा कार्यक्रम सकारात्मक र सुधारात्मक छ : बाबुराम भट्टराई

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारले आज प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सुधारका थुप्रै विषय समेटिएको प्रतिक्रिया दिएका छन् ।

संसद भवन बानेश्वरमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले नीति तथा कार्यक्रम परम्परावादी नै भए पनि केही सुधार गर्न खोजिएको बताएका हुन् ।

सरकारले आज प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सकारात्मक र सुधारात्मक भएको उनले बताए ।

'अघिल्लो सरकारले ल्याएको भन्दा यो १९ को २० छ । मेरो निजी विचार चाहिँ सुधारात्मक कदम देख्छु,'उनले भने,'कृषिको प्राथामिकताको कुरा छ । संघ, प्रदेश र स्थानीय तहको अधिकार सूचीहरू संविधानमा छन् । तर कानुन बनेको अवस्था छैन । त्यसलाई पनि सम्बोधन गरेको छ ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077