Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

'ताप्लेजुङ घटनाको छानबिन हुन्छ'

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले ताप्लेजुङ जिल्लाको मिक्वाखोला गाउँपालिका वडा नं २ का विमल कार्कीको वैशाख २८ गते राति खोक्लिङको दुङ्जामा भीरबाट लडेर मृत्यु भएको घटनाको छानबिन गर्ने बताएका छन् ।

एमाले नेता एवं ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्य योगेश भट्टराईको नेतृत्वमा आएको प्रतिनिधि मण्डलसँग मंगलबार गृह मन्त्रालयमा कुराकानी गर्दै गृहमन्त्री खाँणले छानबिनमा कोही दोषी देखिएका कारबाही गर्ने प्रतिबद्धता जनाए ।

प्रतिनिधि मण्डलका तर्फबाट प्रतिनिधिसभा सदस्य एमाले नेता भट्टराईले कार्की मृत्युको घटनाको विशेषरूपमा शीघ्र अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरेका थिए ।

उनले घटनाबारे छानबिन गर्न माग गर्दै गृहमन्त्री खाँणलाई लिखित पत्र पनि बुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077