Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेसले भन्यो - पार्टीमा अन्तर्घात नभएको भए ४०० नजिक जित पुर्‍याउन सक्थ्यौं

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको परिणाम सन्तोषजक रहेको बताएको छ ।

सोमबार पत्रकार सम्मेलन गरी कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भने ‘समग्रमा निर्वाचन परीणाम सन्तोषजनक रुपमा लिएका छौं । धेरै ठूलो सफलता हासिल गरेका छौं’ , यदि पार्टीमा अन्तर्घात नभएको भए ४०० नजिक जित पुर्‍याउन सक्थ्यौं भन्ने अनुमान छ ।’

७५३ पालिकामध्ये ३२० पालिकाको प्रमुख र २९३ पालिकाको उपप्रमुख कांग्रेसले जितेको छ ।

देशभरका कुल नगरपालिकामध्ये झण्डै ५० प्रतिशतमा कांग्रेसले जितेको भन्दै उनले अघि भने, ‘झण्डै आधा ठाउँमा हामीले विजय हासिल गर्‍यौं भन्ने आधार प्रशस्त छ ।’

यस्तै चुनावमा धाँधली भएको र राज्यशक्तिको दुरुपयोग भएको नेकपा एमालेको दाबीको कांग्रेसले खण्डन गरेको छ ।

बाजुराको बुढीगंगा नगरपालिकाको ४ वटा वडामा भने एमालेले धाँदली गरेको भन्दै पुनः मतदान गर्न माग गरेको छ । उदयपुरको त्रियुगाको एउटा वडामा पनि समस्या रहेको भन्दै तत्काल निर्णय गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077