Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

स्वदेशी वस्तुको उत्पादन प्रवर्द्धनका लागि सरकारले १० वर्षे रणनीति बनाउन लागेको मन्त्री बडूको भनाई

काठमाडौं । स्वदेशी वस्तुको उत्पादन प्रवर्द्धनका लागि सरकारले १० वर्षे रणनीति बनाउन लागेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले बताएका छन् ।

मेक इन नेपाल–स्वदेशी समिट २०२२ मा बोल्दै मन्त्री बडूले यस्तो बताएका हुन् । ‘

दश वर्षका लागि एउटा अभियान चलाउँ र स्वदेशभित्र आत्मनिर्भर भएर निर्यात पनि गर्ने उद्देश्य राखौं,’ मन्त्री बडूले भने, ‘स्वदेशी वस्तु उत्पादन र खपत दशकका रुपमा २०७९ देखि २०८९ सम्म अभियान चलाउने गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा यो विषय राख्ने सरकारको तयारी छ ।’

आर्थिक समृद्धि र विकासका लागि निजी क्षेत्रलाई अघि सार्ने योजनामा सरकार रहेको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077