Online Nepal
  • बिहिबार, २५ पुष २०८१
  • डोनबास क्षेत्रमा भीषण सङ्घर्ष जारी, युक्रेनद्वारा युद्धविराम अस्वीकार

    डोनबास क्षेत्रमा भीषण सङ्घर्ष जारी, युक्रेनद्वारा युद्धविराम अस्वीकार

    अनलाइन नेपाल
  • सोमबार, ९ जेष्ठ २०७९
  • 1.4K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । युक्रेनले युद्धविरामलाई अस्वीकार गरेको छ ।

    रूसले पूर्वी डोनबास क्षेत्रमा व्यापक आक्रमणलाई बनाइरहेका बेला युक्रेनले युद्धविराम वा मस्कोलाई सहुलियत दिन अस्वीकार गरेको हो ।



    रणनीतिक दक्षिणपूर्वी शहर मारिउपोलमा अन्तिम युक्रेनी लडाकुहरूले प्रतिरोध समाप्त गरेपछि रुसले डोनबासका दुई प्रान्त मध्येको एक लुहान्स्कमो भीषण आक्रमण गरिरहेको छ ।



    रुसी–समर्थित पृथकतावादीहरूले फेब्रुअरी २४ मा आक्रमण गर्नुअघि लुहान्स्क र छिमेकी डोनेट्स्क प्रान्तको ठूलो भूभाग नियन्त्रण गरिसकेका भए पनि मस्कोले युक्रेनको नियन्त्रणमा रहेको डोनबास कब्जा गर्न चाहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार