Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कैलालीबाट लागूऔषधिसहित चारजना पक्राउ

कैलाली । कैलालीमा लागूऔषधिसहित चारजना पक्राउ परेका छन् । शनिवार टीकापुर नगरपालिका–८ खक्रौला नाकाबाट उनीहरुलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा टीकापुर नगरपालिका–७ बस्ने ३२ वर्षीय चित्रराज जैसी, २२ वर्षीय कृष्ण हमाल, २३ वर्षीय आकाश सुनार र ३५ वर्षका मदन विक रहेका छन् ।

उनीहरुको साथबाट स्पास्मो प्रोक्सी प्लस क्याप्सुल २० ओटा फेला परेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीले जनाएको छ ।

पक्राउ परेका चारैजना र बरामद २ ओटा मोटरसाइकल आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय टीकापुरलाई बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077