Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सेतीमा खसेको बसमा सवार १८ महिने बालक बेपत्ता, १३ जना घाइते

काठमाडौं। डोटीको शिखर नगरपालिका–१ गेरुपानीमा भएको बस दुर्घटना हुँदा एकजना बालक बेपत्ता भएका छन् भने १३ जना घाइते भएका छन् ।

कैलालीबाट अछामका लागि छुटेको ना ५ ख ९६६३ नम्बरको बस शनिबार बिहान सडकबाट खसेर सेती नदीको किनारमा पुगेको छ ।

बस पानीमा नडुबेको भएपनि नजिकै पुगेका हुँदा ति बालक सेती नदिमा बेपत्ता भएको हुनसक्ने प्रहरीको आँकलन छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार दुर्घटनामा अछाम चौरपाटी गाउँपालिका–६ का सुरेन्द्र शाहीका १८ महिने छोरा सुजन शाही बेपत्ता छन् ।

दुर्घटनामा परी बस सहचालकसहित ३ जना गम्भिर घाइते भएका छन् । गम्भिर घाइतेहरुलाई धनगढी रिफर गरिएको छ भने सामान्य घाइते ८ जनाको शैण्लेश्वरी अस्पतालमा उपचार भइरहेको छ ।

बस चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077