Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कैलालीमा निर्वाचित पालिका अध्यक्षको शपथ रोक्न निर्वाचन आयोगको निर्देशन

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका अध्यक्षमा निर्वाचित देवीदत्त उपाध्यायलाई निर्वाचन आयोगले पद तथा गोपनीयताको शपथ ग्रहण रोक्न निर्देशन दिएको छ ।

माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका उपाध्यायको शपथ ग्रहण रोक्न आयोगले निर्देशन दिएको हो ।

कैलालीका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुका अनुसार अर्को निर्णय नभएसम्मका लागि उनको सपथ रोकिएको छ ।

उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा विचाराधीन रहेको छ। तत्कालीन वडा नम्बर २ को वडाध्यक्ष रहेका बेला उनीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077