Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

निर्वाचन आयोगले फेरि भन्यो-जेठ ५ भित्रै मतगणना सक्नू

काठमाडौं । निर्वाचन आयोगले जनप्रतिनिधिविहीनताको अवस्था आउन नदिन यही जेठ ५ गतेभित्रै मतगणना सक्न निर्देशन दिएको छ । आयोगले मंगलबार विज्ञप्ति जारी गरी ५ गतेभित्र मत परिणाम सार्वजनिक गर्न अधिकतम प्रयास भइरहेको पनि जनाएको छ ।

आयोगद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, विभिन्न कारणबाट मतदान स्थगन भएका पालिकाको हकमा मतदान सम्पन्न भएकै दिन मतपेटिकाहरु निर्वाचन अधिकृतको कार्यालयमा प्राप्त भइसकेपछि यथाशिघ्र गणना प्रारम्भ गरी बढीमा पाँच दिनभित्र मतगणना कार्य सम्पन्न गर्न-गराउन आयोग निर्देश गर्दछ ।’

गत वैशाख ३० गते मतदान सञ्चालनकै क्रममा केही पालिकाका केही मतदान केन्द्रमा मतदान स्थगन भएको थियो। यस्ता मतदान केन्द्रहरुमा मतदान भइरहेको छ।

निर्वाचन सम्पन्न भएका पालिकाहरुको मतगणना कार्य प्रारम्भ भइ आज मध्यान्हसम्म चार सय ६० पालिकाहरुको अन्तिम परिणाम प्राप्त भइसकेको आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077