Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

स्वीडेन नाटोमा सामेल भए खतराको सामना गर्नुपर्ने रुसको चेतावनी

एजेन्सी। रुसको विदेश मन्त्रालयले स्वीडेन नाटोमा सामेल हुने सम्बन्धमा विज्ञप्ति जारी गरेको छ ।

विज्ञप्तिमा  स्वीडेन नाटोमा सामेल हुँदा सम्पूर्ण युरोपको सुरक्षालाई ठूलो नोक्सान पुर्‍याउने भनिएको छ। यसले निम्त्याउने खतराहरूको सामना गर्न रुसले आफ्नो राष्ट्रिय सुरक्षालाई बलियो बनाउन सैन्य र प्राविधिक दुवै उपायहरू लिनुपर्नेछ।

यस सम्बन्धमा धेरै कुरा स्वीडेन नाटोमा सामेल हुनेमा निर्भर हुनेछ। जसमा गठबन्धन सैन्य ब्लकको स्ट्राइक प्रणाली स्वीडेनको माटोमा तैनाथ गर्न सकिन्छ।

१६ मे मा, स्विडेनी सरकारले नाटो सदस्यताको लागि आवेदन दिने निर्णय गर्यो। रुसले नाटोको सदस्यताले स्वीडेनको सुरक्षामा बृद्धि नहुने बताएको छ। सत्तामा बसेका स्विडेनी नेताहरूको यो निर्णयले भविष्यमा लामो समयसम्म त्यहाँका नागरिकको हितमा काम नगर्ने वताइएको छ ।

रुसले बारम्बार राष्ट्रिय सुरक्षा सुनिश्चित गर्ने तरिकाहरूको छनौट कुनै पनि देशको आन्तरिक मामिला भएको वताएको छ ।

रुसले स्वीडेनको विदेश नीति २०० वर्षभन्दा बढी समयदेखि तटस्थतामा आधारित रहेको र दशकौंदेखि बाल्टिक सागर क्षेत्रमा स्थिरता र विश्वास कायम राख्न महत्वपूर्ण भूमिका खेलेको बताएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077