Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • मतगणना सुस्त भयो : प्रमुख आयुक्त

    मतगणना सुस्त भयो : प्रमुख आयुक्त

    अनलाइन नेपाल
  • सोमबार, २ जेष्ठ २०७९
  • 1.4K
    SHARES

    सुनसरी । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले अहिलेकै सुस्तगतिमा मतगणना भए जेठ १५ गतेसम्म पनि गणना सम्पन्न नहुने बताएका छन् ।

    धरान उपमहानगरको मतगणनाको अवस्था बुझ्न त्यहाँ पुगेका प्रमुख आयुक्त थपलियाले मुलुकैभर मतगणना अत्यन्त सुस्त गतिमा भएकाले चाँडो सक्न निर्देशन समेत दिए ।



    उनले स्थानीय सरकार जनप्रतिनिधिविहीन नबनाउनका लागि जेठ ६ गते नयाँ जनप्रतिनिधिहरूलाई स्थानीय सरकार हस्तान्तरण गर्न आयोग आतुर रहेको बताए ।



    संवैधानिक कानुनअनुसार २०७४ मा निर्वाचित जनप्रतिनिधिको पदावधि जेठ ५ गते राति १२ बजेपछि सकिने भएकाले बिहीबारसम्ममा देशभरको मतगणना गरिसक्ने दबाब आइपरेको बताए ।

    उनले मतगणना कार्य सुस्त भएको र नतिजा आउन ढिलाइ भइरहेको भनेर व्यापक गुनासो आएकाले विभिन्न मतगणना स्थलको अनुमगन र निरीक्षणमा निस्केको बताए ।

    उनले भने–‘मतगणना स्थलमा जनशक्ति अभाव, प्राविधिक कठिनाइ वा अन्य कुनै कठिनाइ भए आयोगलाई जानकारी दिएमा तत्काल व्यवस्था गरिदिने छौं ।’

    उनले मतगणना स्थल अगाडि आम मतदाताहरू नतिजा कुरेर बसेकाले लामो समय लगाइएमा धीरताको बाँध फुट्न सक्ने भएकाले पनि जेठ ५ गते मतगणना गरिसक्नु पर्नेमा जोड दिएको बताए ।

    उनले भने–‘छिटो मतगणना सक्नका लागि सोमबारदेखि नै सबै गणनास्थलहरूमा गणक संख्या बढाएर थप ४ वटा गणनास्थल थप्न निर्देशन दिएको छु ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार