Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • मोदी आँखा चिम्लिएर ध्यानमा बस्दा देउवाले हात टाउकोमा लगेको तस्बिर भाइरल

    मोदी आँखा चिम्लिएर ध्यानमा बस्दा देउवाले हात टाउकोमा लगेको तस्बिर भाइरल

    अनलाइन नेपाल
  • सोमबार, २ जेष्ठ २०७९
  • 2.3K
    SHARES

    काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी छोटो समयका लागि  नेपाल भ्रमणमा छन् ।

    सोमबार बुद्ध पूर्णिमाको अवसरमा  मोदी नेपालको लुम्बिनी भ्रमणमा आएका हुन । लुम्बिनीमा इन्डिया इन्टरनेशनल सेन्टर फर बुद्धिष्ट कल्चरको शिलान्यास गरिरहँदा मोदी हात जोडेर ध्यानमा बसे ।



    आँखा चिम्लिएर मोदी ध्यानमा बस्दा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा भने फरक तरिकाले प्रस्तुत भए ।



    देउवा बौद्ध भिक्षुहरुले मन्त्र पढिरहँदा हात बाँधेर मात्र बसे । उनी न त आँखा चिम्लन पुगे न त ध्यानमा बसे । जुन तस्बिरलाई लिएर सामाजिक सन्जालमा मजाक बनाइएको छ ।

    देउवा पत्नी आरजु देउवा भने उठेर हात जोडेर ध्यानमा देखिइन् । देउवा बेला बेलामा टोपी मिलाउने पनि गरिहेको देखिन्थे ।

    चर्चित हाँस्य कलाकार मनोज गजुरेल लेख्छन, ‘शिष्टाचार सल्लाहकार को हुनुहुन्छ कुन्नी ?

    सबैले हात जोडे ठाउँमा हात जोड्नुपर्छ । पुजा र प्रार्थना गर्दा शान्त बस्नुपर्छ । सरकार प्रमुखका सानासाना गतिविधिहरुले अर्थ राख्छ । आचार, बिचार र शिष्टाचार देशको ईज्जतसँग जोडिएको हुन्छ । यति सानो कुरा पनि सल्लाहकारले भन्नुपर्ने हो कि आफैं जान्नुपर्ने हो ?’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार