लुम्बिनी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको तयारी पूरा भएको छ ।
लुम्बिनी विकास कोषले बुद्धपूर्णिमाका दिन (सोमबार) आइपुग्ने भारतीय प्रधानमन्त्रीको स्वागतका लागि आवश्यक धेरैजसो तयारी पूरा भएको जनाएको छ ।
शनिबार बिहान गृहमन्त्री बालकृष्ण खाँणले लुम्बिनीको सुरक्षा व्यवस्था र आवश्यक तयारी निरीक्षण गर्दै कोषका पदाधिकारी र सुरक्षा निकायका प्रमुखसित छलफल गरेकाे कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले बताए ।
भट्टराईले केही दिनअघि नै भारतबाट पनि उच्च सुरक्षा अधिकृत आइसकेको बताए । भौतिक संरचना निर्माण र सजावटका अलावा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन केन्द्र र मायादेवी मन्दिर सिंगार्ने काम पूरा भइसकेको उनले बताए ।