Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

खाद्य सुरक्षाको जोखिम : गहुँ निर्यातमा भारतले लगायो प्रतिबन्ध

एजेन्सी । खाद्य सुरक्षाको जोखिम रहेको भन्दै तत्काल लागू हुने गरी भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाएको छ ।
घरेलु बजारमा गहुँको भाउ बढ्दै गएपछि भारतले यस्तो निर्णय गरेको आधिकारिक सूचनामा उल्लेख छ ।

आंशिक रूपमा युक्रेन युद्ध र बढ्दो तापमानलाई उच्च मूल्यवृद्धिको कारक मानिएको छ । यस सम्बन्धमा सरकारले सूचनासमेत जारी गरेको छ । सूचनामा भारत, छिमेकी राष्ट्र र अन्य खाँचोमा परेका मुलुकको खाद्य सुरक्षा जोखिममा रहेको उल्लेख गरिएको छ ।

सरकारले ‘देशको समग्र खाद्य सुरक्षा प्रबन्ध गर्न र छिमेकी देशहरूको आवश्यकतालाई समर्थन गर्न’ यो कदम चालिएको बताएको छ ।

यद्यपि, यो आदेश पहिले नै सम्झौता गरिएका निर्यातहरूमा लागू हुने छैन । यसबाहेक भारत सरकारको अनुमतिमा केही सर्तसहित निर्यात जारी रहनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077