अछाम । अछामको चौरपाटी गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका भीम साउँदले अग्रता कायमै राखेका छन् ।
अहिलेसम्म एक हजार ४ सय ९ मत गणना हुँदा ५६१ मतसहित भीम बहादुर साउँद अगाडि छन् । भने नेकपा एमालेका राम बहादुर आउजीले ३४१ मत ल्याएका छन् ।
यहाँ नेकपा एकीकृत समाजवादीका उम्मेदवार हर्क बहादुर साउँदले ३५३ मत ल्याएका छन् । मतगणना जारी छ । अहिले वडा नम्बर १ को मतगणना भइरहेको छ ।
Leave a Reply