Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • प्रमुख निर्वाचन आयुक्तले दुःख व्यक्त गर्दै भने–उम्मेदवारकै प्रतिनिधिबाट भन्नै लजाउनुपर्ने घटना भए

    प्रमुख निर्वाचन आयुक्तले दुःख व्यक्त गर्दै भने–उम्मेदवारकै प्रतिनिधिबाट भन्नै लजाउनुपर्ने घटना भए

    अनलाइन नेपाल
  • शुक्रबार, ३० बैशाख २०७९
  • 1.8K
    SHARES

    काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले राजनीतिक दल र उम्मेदवारहरूबाटै मतदानलाई प्रभावित पार्ने प्रयास भएकोप्रति दुःख व्यक्त गरेका छन् ।

    उनले केही ठाउँमा उम्मेदवारकै प्रतिनिधिबाट भन्न लजाउनुपर्ने घटना भएको बताए । उनले भने–‘यति तयारी गरेर भइरहेको मतदान रोकौँ भनेर सांसद र स्थानीय नेतृत्वबाटै प्रस्ताव आएका छन् । कतिपय ठाउँमा त उम्मेदवारकै प्रतिनिधिले मतपेटिकामा आक्रमण गर्ने काम भएको छ, यो त लज्जास्पद कुरा भयो ।



    प्रमुख निर्वाचन आयुक्त थपलियाले सप्तरी, बझाङ, बारा र रौतहटका केही मतदान केन्द्रहरूमा अप्रत्याशित र अवाञ्छित गतिविधिहरू भएको बताए । उनले भने–‘उम्मेदवारका प्रतिनिधिबाटै त्यस्ता गतिविधि भएका छन्, दलका नेता र उम्मेदवारहरूबाटै त्यस्तो घटना घटाइनु दुःखद कुरा हो । कतिपय घटना त मैले भन्नसमेत लजाउनुपर्ने अवस्था छ ।



    उनले अहिलेसम्म सरदर ४६ प्रतिशत मतदान भइसकेको बताउँदै केहीको हकमा त्यो ७० प्रतिशतसम्म र केहीमा १८–२० प्रतिशतमात्रै भएको पनि बताए ।

    ५ बजेभित्र मतदानस्थलमा प्रवेश गरिसकेको मान्छेले राति ९ बजेसम्म लागे पनि मतदान गर्न पाउने बताउँदै उनले ६५ देखि ७० प्रतिशतसम्म मतदान गर्ने अनुमान आयोगको रहेको बताए ।

    उनले देशभर ३२ वटा केन्द्रमा दुईपक्षीय झडप र विवादका कारण मतदान कार्य स्थगित भएको जानकारी दिए ।

    उनले आयोगका तर्फबाट भएका कमजोरीलाई स्वीकार्न तयार रहेको र सच्याउनसमेत प्रयास गर्ने बताए । उनले भने–‘आयोग वा आयोगका कर्मचारी वा सुरक्षाकर्मीका कारणले गडबढी भएको भए त्यसको जिम्मेवारी आयोगले लिन्छ । आयोगले सुरुवातदेखि नै शान्तिपूर्ण रूपमा मतदानमा सहभागी भइदिनुस् भनेको थियो । कतिपय ठाउँमा त्यसको पालना भएन ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार