Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • आज साँझबाटै मतगणना शुरु हुन्छ : निर्वाचन आयोग

    आज साँझबाटै मतगणना शुरु हुन्छ : निर्वाचन आयोग

    अनलाइन नेपाल
  • शुक्रबार, ३० बैशाख २०७९
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । निर्वाचन आयोगले आज मतदान कार्य सकिएपछि मतगणना सुरु हुने जनाएको छ ।

    शुक्रबार साँझ ५ बजेसम्म मतदान हुने भनिए पनि उक्त समयमा मतदान केन्द्रमा प्रवेश गरेका मतदातालाई मतदानमा सहभागी गराइसकेपछि मतगणना शुरु हुने आयोगको भनाई छ ।



    निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने–‘मतदानकार्य सम्पन्न भइसकेपछि मुचुल्का तयार गरी पार्टी र उम्मेदवारको रोहबरमा सुरक्षितरुपमा मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी गरेर सर्वदलीय छलफललगत्तै आजै मत गणनाकार्य सुरु हुन्छ ।’



    दिउँसो २ बजेसम्म ४१ प्रतिशत मत खसेको प्रारम्भिक जानकारी प्राप्त भएको प्रवक्ता पौडेलले जानकारी दिए । बिहान ७ बजेदेखि सुरु भएको मतदानमा छिटपुट घटनाबाहेक समग्रमा शान्तिपूर्ण र उत्साहपूर्वक मतदानकार्य भइरहेको जनाइएको छ ।

    मुलुकभर ७५३ पालिकामध्ये कपिलवस्तुको एक पालिकाबाहेक सबै पालिकाका २१ हजार ९५५ मतदान केन्द्रमा मतदान भइरहेको छ ।

    कपिलवस्तुको महाराजगञ्ज नगरपालिका र दाङको तुल्सिपुर उपमहानगरपालिका वाडा नम्बर १७, दोलखा, सर्लाही, रामेछाप, काभ्रे पर्वत, हुम्ला र बाजुराका केही मतदानस्थलमा सामान्य विवादका कारण मतदानकार्य अवरुद्ध भएकामा सञ्चालन गर्ने प्रयास भइरहेको आयोगले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार