Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यस्तो छ भारतीय प्रधानमन्त्री मोदीको एक दिने लुम्बिनी भ्रमणको तालिका

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जेठ २ गते लुम्बिनीको औपचारिक भ्रमण गर्ने भएका छन्।

परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै उनको भ्रमणबारे औपचारिक जानकारी दिएको हो। विज्ञप्ति अनुसार मोदी बुद्ध जयन्तीका अवसरमा लुम्बिनीमा आयोजित विशेष समारोहमा सहभागी हुनेछन्।

नेपालका प्रधानमन्त्री देउवा र भारतका प्रधानमन्त्री मोदी लुम्बिनीस्थित मायादेवी मन्दिरमा हुने भनिएको प्रार्थनामा भाग लिनेछन्। विहार क्षेत्रमा बौद्ध संस्कृति र सम्पदा केन्द्रको निर्माणको शिलान्यास गरी विशेष समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ। लुम्बिनी अन्तराष्ट्रिय बौद्ध ध्यान केन्द्र र सभाहलमा बुद्ध जयन्ती समारोह गरिदैछ।

लुम्बिनीमा रहँदा दुवै प्रधानमन्त्रीले नेपाल भारत सहयोग र आपसी हितका बिषयमा दुई पक्षिय वार्ता गर्नेछन्। प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्रीको सम्मानमा दिवाभोजको आयोजना गर्ने भएका छन्। मन्त्रालयले भारतीय प्रधानमन्त्री मोदीको भ्रमणले दुई देशबीचको सदियौं पुरानो सामाजिक–सांस्कृतिक सम्बन्धलाई थप सुमधुर बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। भारतीय प्रधानमन्त्रीको यो पाँचौ नेपाल भ्रमण हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077