Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

मौन अवधिमा किन पुगे प्रचण्ड माडी ?

चितवन । सत्तारुढ गठबन्धन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार चितवनको माडी पुगेका छन् ।

भरतपुर र माडी दुवै नगरपालिकामा सत्तारूढ गठबन्धनबीच चुनाबी तालमेल हुँदा मेयर नेकपा माओवादी केन्द्र र उपमेयर नेपाली कांग्रेसले पाएको छ ।

अध्यक्ष दाहाल भरतपुरका मतदाता हुन् । त्यसैले उनी बुधबारदेखि नै चितवन आएर बसेका छन् । भरतपुर र माडी दाहाल प्रतिनिधि सभा सदस्यमा विजयी भएको निर्वाचन क्षेत्र चितवन–३ अन्तर्गत पर्छ ।

यता, भरतपुर बसेका दाहाल माडी गएको भन्दै चितवन एमालेले आपत्ति जनाएको छ । गएपछि मौन अवधिको उल्लंघन भएको एमालेको ठहर छ ।

एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले अध्यक्ष दाहाल मौन अवधिमा माडी गएर होटलमा कार्यक्रम गरेर नेता कार्यकर्ताहरूलाई भेटेको जानकारी आएको समेत बताएका छन् ।

तर, माडी नगरपालिकाको माओवादी केन्द्रका नगरसमिति अध्यक्ष प्रभुप्रसाद महतोले दाहाल माडी आए पनि मतदाता या कार्यकर्तालाई नभेटेको बताएका छन्।

चितवन एमालेले प्रेस विज्ञप्ति नै जारी गरेर माओवादी अध्यक्ष दाहालसहित चितवनमा मन्त्री उमा रेग्मी र किसान श्रेष्ठ तथा राज्यमन्त्री उमेश श्रेष्ठले पनि मौन अवधिको पालना नगरेर भेटघाटलाई तीव्रता दिएको आरोप लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077