Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आफ्नै पूर्वप्रमुख आयुक्त यादवलाई पर्यवेक्षक बनाउन मानेन निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले पूर्वप्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवलाई पर्यवेक्षकको रुपमा अनुमति दिन अस्वीकार गरेको छ ।

आयोगले पूर्वन्यायाधीश, संवैधानिक निकायका अधिकारी तथा अवकाशप्राप्त विशिष्ठ श्रेणीका कर्मचारीलाई विशेष पर्यवेक्षकको रुपमा अनुमती दिने गरेको भएपनि आफ्नै पूर्वप्रमुख आयुक्त डा. यादवलाई भने पर्यवेक्षकको रुपमा अनुमति दिन इन्कार गरेको आयोग स्रोतको दावी छ ।

पूर्व आयुक्त यादवले निर्वाचन पर्यवेक्षणका लागि आयोगमा निवेदन दिएको भए पनि आयोगले राजनीतिक दलसँग आवद्ध भएको भन्दै पर्यवेक्षकको रुपमा अनुमति दिन इन्कार गरेको जनाएको छ ।

विभाग स्रोतले अनलाईन नेपालललाई भन्यो–‘उहाँ (यादव) कुनै राजनीतिक दलको विभागमा आवद्ध भएको देखिएकाले उहाँको नाम अस्विकृत गरिएको हो ।’

पूर्वप्रमुख आयुक्त यादव नेकपा माओवादी केन्द्रसँग आवद्ध छन् । माओवादी केन्द्रले २०७८ मंसिर २३ गते जारी गरेको सूचीमा यादवको नाम केन्द्रीय निर्वाचन विभागको सदस्यमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077