Online Nepal
  • बुधबार, १० पुष २०८१
  • निलम्बित सांसद रौनियार बाबु-छोरालाई सात करोड जरिवाना

    निलम्बित सांसद रौनियार बाबु-छोरालाई सात करोड जरिवाना

    अनलाइन नेपाल
  • मंगलबार, २७ बैशाख २०७९
  • 1.5K
    SHARES

    काठमाडौँ । विशेष अदालतले प्रतिनिधि सभाका निलम्बित सांसद हरिनारायण रौनियारलाई भ्रष्टाचार मुद्दामा दोषी पाएको छ ।

    उनीसहित छोरा सुमितलाई ७ करोड २४ लाख ५९ हजार ६३४ रूपैयाँ जरिवाना गरेको विशेष अदालतका शाखा अधिकृत यज्ञराज रेग्मीले जानकारी दिए ।



    अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २०७५ असोज १९ मा रौनियार बाबुछोरासहित १२ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।



    रौनियारको पप्पु कन्स्ट्रक्सनले बर्दियाको सदरमुकाम गुलरियालाई बारबर्दिया नगरपालिकासँग जोड्ने जब्दीघाटको बबई पुल निर्माणमा गुणस्तरहीन सामग्रीको प्रयोग गरेकोले पुल बनिनसक्दै भत्किएको भन्दै अख्तियारले मुद्दा चलाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार