Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

न्यायाधीश नियुक्तिमा योग्यता र क्षमता हेरिन्छ, खल्तीबाट नाम झिकेर नियुक्त हुँदैन : कामु प्रधानन्यायाधीश कार्की

काठमाडौं । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायाधीश नियुक्तिमा योग्यता र क्षमता हेरिने बताएका छन् ।

कानुन दिवसको अवसरमा सर्वोच्च अदालत बार एसोसिएनले आज आयोजना गरेको ‘विधिको शासन र यसका चुनौती’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै कायममुकायम प्रधानन्यायाधीश कार्कीले खल्तीबाट नाम निकालेर न्यायाधीश नियुक्ति नहुने बताएका हुन् ।

न्यायाधीश नियुक्तिमा पारदर्शिता अपनाइने बताउँदै उनले भने–‘न्यायाधीश नियुक्तिको विषयमा अब हामीले योग्यता, क्षमता खोजिरहेका छौँ । कानुन व्यवसाय नै गरेर आउनु भएको छ, त्यसमा पनि हामी क्षमता हेर्छौं । यहाँहरूलाई विश्वास दिलाउन चाहान्छु खल्तीबाट नाम निकालेर ट्वाकट्वाक चाहीँ हुनेवाला छैन । हामीले प्रतिवद्धता गरिसक्यौं न्यायाधीश नियुक्ती गर्दाखेरी योग्यता, क्षमता भएकोलाई नियुक्ति गर्ने ।’

सर्वोच्च अदालतको पेसी प्रणालीमा शंका नगरिदिन पनि आग्रह गर्दै उनले भने–‘गोलाप्रथा चलिरहेको छ । गोलामा शंका नगरीदिनु होला । शंका गर्नुपर्ने कुनैपनि स्थिति छैन । यति पारदर्शी छ । त्यसका शंका गर्ने कुरा केही पनि छैन ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077