Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

पोखरा पुगेर ओलीले भने–झाडीमा जन्मिएको गठबन्धनलाई कसले फालेको हो थाहा छैन

पोखरा । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबबन्धन झाडीमा जन्मिएको भन्दै टिप्पणी गरेका छन् ।

आज पोखरामा नेकपा एमालेले आयोजना गरेको आमसभामा बोल्दै उनले सत्तारुढ गठबन्धन कसले जन्मायो भन्ने नखुलेको बताए ।

उनले भने–‘यो झाडीमा जन्मिएको गठबन्धन हो, परमादेशबाट आएको गठबन्धन हो, कसले फालेको हो थाहा छैन । यस्तोलाई कसैले साथ दिन्छ भन्ने मलाइ लाग्दैन ।’

उनले सत्तारुढ गठबन्धन देशकै कलंक भएको बताए । ओलीले वैशाख ३० देखि हामीले जनताको तागत देखाउन सुरु गर्ने पनि बताए ।

उनले भने–‘मैले भनिरहनुपर्छ जस्तो लाग्दैन । ‘यो पाँचदलीय गठबन्धनजस्तो यो देशको कलंक, संविधानको कलंक, लोकतन्त्रको कलंक, सरकारका नामको कलंक । संसदमा सरकार जन्मिन्छ, संसदले सरकार चाहन्छ । यो झाडीमा जन्मिएको गठबन्धन, परमादेशबाट आएको गठबन्धन, यो कसले फालेको हो थाहा छैन । कहाँबाट पैदा भएको रु यस्तोलाई कसैले साथ दिन्छ भन्ने मलाइ लाग्दैन । जनताले त यसलाई साथ दिँदै दिदैन ।’

परमादेशबाट बनेको गठबन्धनलाई निर्वाचन मार्फत जनताको अभिमत र तागत देखाईदिने बताएका उनले भने–‘वैशाख ३० गते परिणाम आएपछि को सकियो भन्ने थाहा हुनेछ ।’

उनले कांग्रेसले म्यानपावर कम्पनि खोलेको पनि बताए। उनले भने–‘कांग्रेसले भित्रभित्र म्यानपावर कम्पनी खोल्या होला, त्यही भएर ५÷६ जनालाई फ्रि भिसा, फ्रि टिकट दिएर मलेसिया पठाउन थालेको छ ।’

उनले एमालेले जितेपछि युवालाई शिक्षा, तालिम, रोजगारको अवसर दिने पनि बताए। एमाले भएपछि कसैले केही चिन्ता गर्नु नपर्ने पनि बताए । उनले एमाले अहिले नै विजयी भईसकेको बताए।

अध्यक्ष ओलीले आफूले बोलेको कुरा बुझ्ने थोरैमात्र बुद्धिजीवी नेपालमा नभएको दाबी गरे । आफूले शास्त्रका कुरा गर्दा उखान टुक्का भनेर उडाएको गुनासो गर्दै उनले भने–‘एमालेलाई सिध्याउन धेरै प्रयास भए, बदनाम गर्न खोजियो, बंग्याएर प्रस्तुत गर्न खोजियो । मैले बोलेको बुझ्ने थोरै मात्र बुद्धिजीवी छन् कि क्याहो भन्ने भयो । मैले शास्त्रका कुरा गर्छु, उनीहरु उखान टुक्का भन्छन् ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077