Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

विप्लव एमालेसँग नजिकिएपछि नयाँ पार्टी बनाएको बास्तोलाको भनाई

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका असन्तुष्ट पक्षले छुट्टै नेपाल कम्युनिष्ट पार्टी (बहुमत)गठन गरेको छ ।

पार्टीका महासचिव नेत्रविक्रम चन्द समूह संसदवादमा फस्न लागेको भन्दै नयाँ पार्टीको औपचारिक रुपमा घोषणा गरेको हो ।

पार्टीको संयोजक नेकपाका असन्तुष्ट समूहका नेता धर्मेन्द्र बास्तोला रहेको सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।

कतिपय केन्द्रीय सदस्यहरुलाई एमालेको चुनाव चिन्हबाट चुनाव लडाएर पार्टीलाई संसदीय व्यवस्थामा फसाउने षडयन्त्र भएपछि त्यसलाई अस्वीकार गर्दै आफूहरुले नयाँ पार्टी गठन गर्नुपरेको संयोजक बास्तोलाले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077