Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

उम्मेदवारलाई सगुन र प्रसाद भन्दै मिठाइ दिएर बेहोस बनाएको घटनापछि प्रहरीको यस्तो अपिल

काठमाडौं । स्थानीय निर्वाचनका लागि भोट माग्न घरदैलो गर्न आउने उम्मेदवारलाई प्रसाद र सगुनका नाममा खानेकुरा खुवाएर बेहोस बनाएको भन्दै नेपाल प्रहरीले सचेत रहन आग्रह गरेको छ ।

प्रहरी प्रधान कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै उम्मेदवारलाई प्रसाद र सगुनका नाममा खानेकुरा खुवाएर बेहोस बनाएको पाइएको भन्दै सचेत रहन आग्रह गरेको हो ।

अपरिचित व्यक्ति तथा समूह सक्रिय रहेको पाइएको भन्दै प्रहरी प्रधान कार्यालयले यसबाट सचेत रहन र त्यस्तो सूचना भए जानकारी दिन अपिल छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विष्णुकुमार केसीले हालसम्म एउटा मात्र घटना भएको भएपनि अन्य ठाउँमा पनि यस्ता घटना हुनसक्ने देखिएकाले सचेत रहनुपर्ने बताएका छन् ।

घरदैलोका क्रममा स्थानीयवासीले दिएको मिठाइ खाएपछि सर्लाही जिल्लाको हरिवन नगरपालिकामा माओवादीका ७ उम्मेदवार बिरामी परेका थिए । षडयन्त्रपूर्वक मिठाइमा विष राखिएको माओवादीको दाबी छ ।

यस्ताे छ प्रहरी प्रधान कार्यालयले जारी गरेकाे  सार्वजनिक सूचना 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077