Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आयुक्तलाई दुर्व्यवहार गर्ने एसपी शाहीलाई फिर्ता लैजान आयोगको पत्राचार, गृहले कारबाही गर्ने

काठमाडौं । निर्वाचन आयोगले आयुक्तलाई गालीगलौज र दुर्व्यवहार गरेको भन्दै निर्वाचन आयोगमा खटिएका नेपाल प्रहरीका एसपी फिर्ता लैजान गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।

ज्वाइन्ट इलेक्सन सेलमा कार्यरत एसपी दीपेन्द्र शाहीले निर्वाचन आयुक्त डा. जानकी तुलाधरलाई गालीगलौज गर्नुका साथै अभद्र व्यवहार गरेको आयोग स्रोतले दावी छ ।

‘बुधबार अपराह्न आयुक्तको गाडीमा एसपी सवारी गाडी ठोक्कियो । त्यसपछि एसपीले गालीगलौज गर्दै अभद्र व्यवहार गर्नुभयो । आयुक्तमाथि अशोभनीय व्यवहार भयो । यो घटना हुनासाथ तत्काल आयोगको बैठकले एसपीलाई फिर्ता पठाउने भनी गृह मन्त्रालयमा पत्राचार गर्ने निर्णय गरिसकेको छ, ’ आयोग स्रोतले भन्यो ।

निर्वाचन आयोगले घटनाको छानबिन गर्न समेत गृह मन्त्रालयमा पत्राचार गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077