Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

आरजुमाथि ओलीको काउन्टर जवाफ

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस नेतृ आरजु देउवाको भनाईमाथि आक्रोश गरेका छन्।

चितवनको भरतपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले आरजुको भनाईमाथि आक्रोश गरेका हुन्।

केही दिनअघि चुनावी सभालाई सम्बोधन गर्ने क्रममा आरजुले कांग्रेसले नजितेको ठाउँमा कांग्रेसको सरकारले बजेट नपठाउने बताएकी थिइन्। उक्त भनाईमाथि आक्रोश पोख्दै ओलीले भने–‘तिनका पकेटका पैसा हो। कैले दिँदैनन् बजेट। कति दिन। यो गठबन्धन कति चल्छ ?’

कार्यक्रममा ओलीले भरतपुर महानगरमा एमालेका उम्मेदवार विजय सुवेदी मेयरमा जित्ने ठोकुवासमेत गरे। चितवनको भरतपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले सुवेदी हटलाइन भएको भएको नेतासमेत बताए।

अध्यक्ष ओलीले भने–‘विजयी सुवेदी एमालेको नेता हो, कतिसम्म भने एमालेको केन्द्रीय तहसम्म सीधै हटलाइन भएको नेता हो । कसैका छोरीहरुभन्दा हाम्रो छोराभाइहरु हाम्रा छोरीहरु बढी सोझै हटलाइन भएका छन् र पावरफूल छन्।’

भतरपुरमा गठबन्धन हार्ने दाबी गर्दै ओलीले–‘भरतपुर त जित्यो जित्यो, गठबन्धन त हार्‍यो हार्‍यो । भरतपुरबासीले सबै कुरा बुझिसकेको उल्लेख गर्दै उनले महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका र वडाध्यक्षहरुलाई जिताएर पठाउनसमेत आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077