Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

ज्योतिषिहरुले ‘असार १७’ को डेटलाइन दिनु भएको छ, विचराहरूको सातो गएको होला : ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असार १७ गतेपछि गठबन्धन टुट्छ भनेर आफूले नभनेको बताउँदै उक्त कुरा ज्योतिषिहरूले भनेको बताएका हुन् ।

आज आयोजित पत्रकार सम्मेलनमा ‘असार १७’ स्पष्ट भएन नि भन्ने जिज्ञासामा अध्यक्ष ओलीले भने–‘ज्योतिषिहरूलाई सोध्नुस् न । उनीहरूले स्पष्ट पार्छन् के, यो मैले भनेको होइन ।’

एमाले विराटनगर महानगर कमिटीले शनिबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले गठबन्धनको आयु असार १७ गते अन्त्य हुने बताएका थिए ।

उनले हिजो भनेका थिए–‘प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाजी ज्योतिषीमा धेरै विश्वास गर्नुहुन्छ । त्यसैले जेठ र असारको महिना कस्तो छ, बोलाएर सोध्नु होस् । असार १७ गते कस्ता नक्षत्र र ग्रहहरू छन्, ज्योतिषिलाई बोलाएर हेर्नुहोस् भनेको छु, विचराहरूको सातो गएको छ होला ।’

अध्यक्ष ओलीले वैशाख ३० गते नै गठबन्धनका लागि ‘सबैभन्दा ठूलो खड्को’ रहेको समेत बताए । उनले भने–‘राजनीति हेर्ने ज्योतिषि र ग्रहदशा हेर्ने ज्योतिषि हुन्छ्न् । राजनीति हेर्ने ज्योतिषिले भनेका कुरा हुन् । गठबन्धन रहन्छ रहँदैन भन्नेमा मेरो केही भन्नु छैन । गठबन्धनका लागि सबभन्दा ठूलो खड्को वैशाख ३० गते नै हो ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077