Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अन्य दलको झन्डा प्रयोग नगर्न निर्वाचन आयोगको आग्रह

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको सन्दर्भमा सम्बन्धित दल तथा सम्बन्धित दलका उम्मेदवार बाहेक अन्य उम्मेदवारले समेत निर्वाचन प्रचारप्रसारको सिलसिलामा अन्य दलको झन्डा प्रयोग नगर्न आग्रह गरेको छ ।

त्यसरी झन्डा प्रयोग गरेको भनी विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फत आएको समाचार तथा सो सम्बन्धमा परेको उजुरीका विषयमा आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै राजनीतिक दलसम्बन्धी ऐन, २०७३ ले राजनीतिक दलको झन्डा तथा चिह्न अरू कसैले प्रयोग गर्न नपाउने गरी संरक्षण तथा निर्वाचन आचारसंहिता, २०७८ बमोजिम ३८३ फिटको दलको झन्डा र सोही नापको चुनाव चिह्न प्रयोग गर्न आयोगले भनेको छ ।

दलको प्रचारप्रसार गर्ने उद्देश्यले कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स, ग्लुसाइन बोर्ड, श्रव्य सामग्री बजाउन र श्रव्य दृश्य सामग्री प्रदर्शन गर्न नहुने व्यवस्था रहेको हुँदा दलको एउटा झन्डा र एउटा चिह्न प्रयोग गर्न सकिने भए पनि अन्य दल तथा उम्मेदवारको झन्डा र चिह्न प्रयोग गर्नु निर्वाचन आचारसंहिता विपरीत हुने आयोगको ठहर छ ।

आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले आज जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, “निर्वाचन प्रचारप्रसारको क्रममा निर्वाचन आचार संहितामा उल्लेख भएभन्दा फरक ढङ्गले झन्डा र चिह्न प्रयोग गरिएमा वा मतदातालाई भ्रम सिर्जना गर्ने गरी आफू उम्मेदवार भएको दलबाहेक अन्य दलको झन्डा तथा चिह्न प्रयोग गरिएमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको मानी कानुन बमोजिम कारबाही तथा सजाँय हुने हुँदा निर्वाचन आचारसंहिता विपरीतका कार्य नगर्न नगराउन आयोग सबैमा आग्रह गर्दछ ।” रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077