Online Nepal
  • मंगलबार, २७ कार्तिक २०८१
  • पाँच दलीय गठबन्धन ‘टालाटुली बटुली गरेर बनाएको पुतलीजस्तो’ : ओली

    पाँच दलीय गठबन्धन ‘टालाटुली बटुली गरेर बनाएको पुतलीजस्तो’ : ओली

    अनलाइन नेपाल
  • शनिबार, २४ बैशाख २०७९
  • 1.2K
    SHARES

    फाइल तस्विर

    इटहरी । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा बाँडीचुडी खान गठबन्धन गरेका पाँच दलले वडामासमेत एमालेसँग एक्लै चुनाव लड्न नसकेर गठबन्धनलाई निरन्तरता दिएको बताएका छन् ।

    इटहरी उपमहानगरपालिकाको चुनावी सभालाई आज सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले सत्तारुढ दलको गठबन्धनलाई ‘टालाटुली बटुली गरेर बनाएको पुतलीजस्तो’ भनी टिप्पणी गरेका छन् ।



    बाँडेर खाने उद्देश्यले बनाएको गठबन्धनलाई मत दिन नहुने भन्दै उनले भने–‘गठबन्धनलाई भोट हाल्ने हो कि सुखी नेपाली समृद्ध नेपाल बनाउनेलाई भोट हाल्ने फैसला मतदातामा निर्भर गर्छ । म इटहरी विकासको जिम्मा लिन्छु । तपाईंहरू याम सुब्बा र सङ्गीता चौधरीलाई जिताएर देखाउनुस ।’



    नेपाली काङ्ग्रेसको घोषणा पत्रमा मान्छे देखिने तर एमालेको घोषणा पत्रमा विकास देखिने भन्दै उनले सत्तारुढ गठबन्धनप्रति आक्रोश पोखे ।

    कार्यक्रममा उनले नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्र कांग्रेसको जिउमा भन्किएका झिंगा धपाउने झम्के पछ्यौरी भएको आरोप समेत लगाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार