Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

माधव नेपाललाई लक्षित गर्दै ओलीले भने-सर्पको बच्चालाई दूध खुवाएको रहेछु

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कुहिएको फर्सी भनेका छन् ।

चितवनमा कांग्रेसको सभामा गएर माओवादी नेता प्रचण्डको छोरीको भोट माग्दै १५ वर्ष आफैँले नेतृत्व गरेको एमालेलाई नेता नेपालले कुहिएको फर्सी भनेकोप्रति उनले आक्रोश पोखेका हुन् ।

बिहीबार भरतपुरमा आयोजित सत्ता गठबन्धनको सभामा अध्यक्ष नेपालले नेकपा एमालेलाई कुहिएको फर्सीसँग तुलना गरेका थिए । शुक्रबार नेपालको गृहजिल्ला रौतहटमा आयोजित कार्यक्रममा ओलीले प्रतिवाद गरेका हुन् ।

यस्तै अध्यक्ष ओलीले नेपाललाई कुलाङ्गार निस्किएकाले पार्टीबाट निकालेको बताए । पछिल्लो समय पार्टीविरुद्ध षड्यन्त्र गरेको थाहा पाए पछि नेता नेपाललाई पार्टीबाट हटाएको बताउँदै केपी ओलीले भने,'मैले सर्पको बच्चालाई दुध खुवाएर पालेको रहेछु ।'

उनले पचास वर्षअघि विराटनगरको महेन्द्र मोरङ कलेजमा पढ्दैगर्दा माधव नेपाललाई भेटेको र त्यहीबेला सम्झाएर, बुझाएर राजनीतिमा पूर्णकालीन कार्यकर्ता बनाएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077