Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

विवादास्पद अभिव्यक्ति दिएपछि आरजूविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाडौं । कांग्रेस नेतृ आरजु राणा देउवाविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नीसमेत रहेकी राणाविरुद्ध हरिश प्रसाद अवस्थी नामगरेका मतदाताले आयोगमा उजुरी दिएका हुन् ।

उनले आरजूले स्थानीय तह निर्वाचन कांग्रेसको मेयर भएको ठाउँमा मात्र पैसा पठाउने भनि दिएको अभिव्यक्तिले मतदाता र करदाताको गम्भीर अपमान भएको उजुरीमा उल्लेख गरिएको छ।

नेतृ राणाले दिएको अभिव्यक्तिले मतदातालाई अनुचित प्रभाव पार्न खोजेको अवस्थीको आरोप छ । राणाले डडेल्धुरामा पुगेर विवादास्पद अभिव्यक्ति दिएकी छन् ।

'कांग्रेसको मेयर नै हुनुहुन्न भने हामीले किन पैसा पठाउँछौँ ?,'देउवा पत्नीले भनिन्,'त्यसैले यो कुरालाई तपाईंहरुले ध्यान दिनुहोला। करुवा-सरुवा-हरुवा पार्टीहरूलाई भोट नहाल्नु होला, कांग्रेसको मेयर नभएको ठाउँमा पैसा पठाउनु जरुरी छैन।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077