Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

उमेदवारको खर्च विवरण गोप्य रूपमा पठाउन आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले उमेदवारको खर्च विवरण सुक्ष्म रूपमा अनुगमन गर्न निर्देशन दिएको छ ।

चुनाव अगावै गोप्य रूपमा आयोगमा पठाउन निर्वाचन अधिकृतहरूलाई आयोगले निर्देशन दिएको हो ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले शुक्रबार एक विज्ञप्ति जारी गर्दै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूलाई आयोगले यस्तो निर्देशन दिएको जनाएका छन् ।

निर्वाचन प्रसार प्रसारको सम्बन्धमा हुने महत्वपूर्ण खर्चको विवरण पहिले नै संकलन गर्दा उमेदवारले निर्वाचन परिणाम घोषणा भएपछि पेश गर्ने निर्वाचन खर्चको विवरणको वास्तविकता र विश्वसनीयता परीक्षण गर्न सहज हुने आयोगको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077