Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

स्थापितलाई महिलासँग भोट माग्ने अधिकार छैन : सभापति बानियाँ

काठमाडौँ । नेपाली कांग्रेस काठमाडौं जिल्ला सभापति सबुज बानियाँले एमालेले काठमाडौं महानगरपालिकाको मेयरमा नौटंकी आवरणका व्यक्तिलाई उम्मेदवार बनाएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै बाँनियाले स्थापित कुरा सुन्दा मानसिक विचलन देखिने बताए ।

'एमालेले महानगरपालिकामा नौटंकी आवरणको उम्मेदवार बनाएको छ । आफूलाई धेरै गर्जन गर्नसक्ने, आफूमा धेरै क्षमता भएको उहाँ भन्नुहुन्छ । तर आफ्नो स्वार्थका लागि जस्तोसुकै बाटो पनि अबलम्बन गर्ने र राजनीतिक विचलन भएर कहाँ-कहाँ क्रियाकलाप अघि बढाउनु भयो रु त्यस्तो व्यक्तिलाई ल्याएर उम्मेदवार बनाएको छु बाँनियाले भने, 'उहाँको कुरा सुन्दा मानसिक विचालन भइसकेको व्यक्ति हो कि जस्तो लाग्छ । सम्मान गर्नुपर्ने, महिला आमा दिदीबहिनीलाई लल्कार्छन् । गालीगलौच गरिन्छ र अस्मितामाथि प्रहार गरिन्छ । उहाँलाई महिलासँग भोट माग्ने अधिकार छैन ।'

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077